Hamro Rapti FM
Hamro Rapti FM

Hamro Rapti FM


चितवनको राप्ती नगरपालिकामा स्थापना भई अत्याधुनिक प्रविधि र १०० वाट क्षमता भएको डिजिटल ट्रान्समिटर बाट आफ्नो प्रसारण शुभारम्भ संगसंगै हामी सवैको आवाज हाम्रो राप्ती 88.5 एफ एम पुर्ण रुपमा स्थानियता प्रति समर्पित रेडियो हो । जस्को टावरको उचाई १०० फिट छ भने ४ वटा अत्याधुनिक एन्टेना प्रयोग गरिएको छ । हाम्रो राप्ती 88.5 एफ एम भिन्न सोच पृथक अभियान स्थानियता हाम्रो पहिचान’ भन्ने मुलमन्त्रका साथ स्थापनाकाल देखि आफ्नो क्षेत्रमा बिशिष्ट पहिचान कायम गर्दै आएको छ ।

राष्ट्रिय तथा स्थानिय कला साहित्य संस्कृती , राजनैतिक ,सामाजिक , आर्थिक , स्वास्थ्य ,शैक्षिक , खेलकुद का क्षेत्रमा चेतना र विकाशका लागि शसक्त ढंगले अघि बढ्ने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यामहरु शहर र केन्द्र मुखी भई अगाडी बढिइरहेको अवस्थामा हामीले ग्रामिण एंव शहरोन्मुख भेग र पिछडिएका समुदायहरुलाई समेत लक्षित गरि समाचार तथा कार्यक्रमहरु प्रस्तुत गर्दै आएका छौं ।

हाम्रो राप्ती 88.5 एफ एम हामी सवैको आवाजका रुपमा स्थापित भई सबैभन्दा अगाडि एका बिहानै ५ बजे भजन मण्डली बिहान ६ बजे कायाकैरन , बिहान साढे ६ बजे राप्ती राप्ती बुलेटिन स्थानिय समाचार , बिहान सवा ७ बजे विविसि नेपाली सेवा , बिहान ९ बजे दिउसो १२ बजे दिउसो ३ बजे साझ ६ बजे नेपाल खबर , साझ साढे ६ राप्ती बुलेटिन स्थानिय समाचार , राती ८ बजे नेपाल दर्पण हरेक घण्टा बिस्तृत समाचार र सांझ ८ः३० बजे बेलाको बोली र राति पौने ९ बजे बि.बि.सि नेपालि सेवा लगाएत पुर्ण मनोरञ्नात्मक कार्यक्रम यस रेडियोले प्रस्तुत गर्दै आएको छ ।

हाम्रो राप्ती 88.5 एफ एमको प्रसारण क्षेत्र बागमती प्रदेशको ६ वटा जिल्ला , गण्डकी प्रदेशका ३ वटा र लुम्विनी प्रदेशका २ वटा जिल्लामा सुन्न सकिन्छ । हाम्रो राप्ती 88.5 एफ एम www.hamroraptifm.com बाट संसारभर एकै साथ प्रसारण हने हुदा बिदेशमा रहेका नेपालीहरुमांझ पनि हाम्रो राप्ती 88.5एफ एमको राम्रो पहुच पुगेको हामीलाई प्राप्त एस एम एस बाट जानकारी भएको छ । समाचार , संगित , र मनोरञ्नजनको रुपमा स्थापित यस हाम्रो राप्ती डड।छ एफ एमले आफ्नो प्रसारण उपकरण तथा स्टुडियो समेत अत्याधुनिक पुर्ण डिजिटल र उत्कृष्ट प्रविधि प्रयोग गरि निमार्ण गरेको कारणले गर्दा पनि यसको प्रसारण टाढा टाढा सम्म स्पष्ट सुनिएको हो ,यी र दक्ष अनुभवि जनशक्तिका कारण हामी गुणस्तरीय परिमार्जित परिष्कृत कार्यक्रम प्रसारण गरि उत्कृष्ट सेवा दिइरहेका छौं भनीे विश्वास दिलाउन चाहान्छौ ।

Download App

Website Image