SS FB Live #191 यूएई, कुबेत, कतार र नेपाल सँग सम्बन्धित कुराहरू आजको लाईभमा

SS FB Live #191 यूएई, कुबेत, कतार र नेपाल सँग सम्बन्धित कुराहरू आजको लाईभमा

Shramik Sanjal
00:37:03

About this episode

आजको लाईभमा समेटिने कुराहरूः


यूएईः


-भारतमा कोरोना संक्रमण बढे सँगै यूएई र भारत बिचको उडान केहीदिनको लागी स्थगित ।


-बिदेश जानको लागी PCR Test गर्ने अस्पताल सरकारले तोकिदिएको छ । हामी नाम भन्ने छौँ ।


कुवेत:-


१) अप्रिल २४ सम्म १२ लाख २२ हजारले कोभिड भ्याक्सिन लगाए।


२) इदको अबसरमा पार्सियल कर्फ्यू हट्न सक्ने।


३) जुलाई १ बाट कुवेत एयरपोर्ट सामान्य रुपमा चल्न सक्ने । कोभिडको अवस्था सुधारिएमा आप्रबासीहरुलाई प्रबेश दिन सकिने।


४) भारतमा कोभिड केश बढे पछी भारतबाट डाइरेक्ट आउने कमर्सियल फ्लाइटमा रोक।


५) बेल्सलामह(BELSALAMAH) एप्सले भारतबाट आउने घरेलु कामदारको प्रकृया केही समयलाई रोक्यो।


६) १ लाख ९० हजार आप्रबासी कामदारहरु अबैधानिक रहेकाले उनिहरुले कोभिड भ्याक्सिनको लागि रजिस्टर गर्न नसक्ने।


७) कुवेतमै कोभिड भ्याक्सिन लगाएकाहरु सिधै होम क्वेरन्टाईनमा जान सक्ने तर केही प्रकृया र निश्चित समय पुरा भएको हुनु पर्ने।


८) गृह मन्त्रालयले सार्वजनिक ठाउमा जमघट नहुन सबैलाई अपिल।


कतारः


- हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।


- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ