Radio Program: Reconciliation Week, AUKUS debate, Balen Shah in border controversy - रेडियो कार्यक्रम: क्वीन्सल्याण्डमा बाल सुरक्षा चिन्ता, नेपाली भाषा विद्यालयलाई अनुदान
11 June 2026

Radio Program: Reconciliation Week, AUKUS debate, Balen Shah in border controversy - रेडियो कार्यक्रम: क्वीन्सल्याण्डमा बाल सुरक्षा चिन्ता, नेपाली भाषा विद्यालयलाई अनुदान

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 9 June 2026 at 2 PM, and repeated on Thursday, 11 June on SBS Radio 2 from 4 PM. In this episode, we covered major Australia-focused news from the past seven days, a report on why child safety has become a key issue in Queensland, recent Nepal news, including controversy sparked by comments made by Prime Minister Balen Shah in Parliament on border-related matters, as well as coverage of a Melbourne-based Nepali language school that has received government funding. We also feature Nepali poetry recitations by children studying in such language schools. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ९ जुन सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार ११ जुनमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलियाका पछिल्ला सात दिनका प्रमुख समाचार, क्वीन्सल्याण्डमा किन बाल सुरक्षाको विषय चर्चामा रहेको छ भन्ने बारे रिपोर्ट, नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा सम्बन्धी विषयमा बोलेको कुराले निम्त्याएको विवाद समेटिएको पछिल्ला साताका नेपाल समाचार र मेलबर्नको एक नेपाली भाषा विद्यालयले सरकारी अनुदान पाएको साथै त्यस्ता भाषा विद्यालयमा अध्ययनरत बालबालिकाको नेपाली कविता वाचन पनि प्रसारण गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।


साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।