Prabal Gurung’s dream: Designing for the first female US President - प्रबल गुरुङको सपना: अमेरिकी पहिलो महिला राष्ट्रपतिलाई आफ्नै डिजाइनमा सजाउने
08 May 2026

Prabal Gurung’s dream: Designing for the first female US President - प्रबल गुरुङको सपना: अमेरिकी पहिलो महिला राष्ट्रपतिलाई आफ्नै डिजाइनमा सजाउने

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
In this new episode, we continue our conversation with world-renowned fashion designer Prabal Gurung, whose designs have been worn by celebrities including the former US First Lady Michelle Obama and Bollywood star Alia Bhatt. In this second part of the conversation, Gurung takes us down memory lane to his school days at St. Xavier’s in Kathmandu and shares the reactions he received from family friends when he told them of his ambitions in the fashion industry. He also reveals his ultimate dream: to dress the first female President of the United States, while hinting at the designers he would like to dress him. This interview was recorded at SBS’s Federation Square studio during his visit for Melbourne Fashion Week 2026. - एसबीएस नेपालीको यो पोडकास्ट अङ्कमा हामी, अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामादेखि भारतीय सिनेकर्मी आलिया भट्‌सम्मलाई, आफूले डिजाइन गरेको पोसाक लगाइदिन सफल र चर्चित फेसन डिजाइनर प्रबल गुरुङसँगको कुराकानीलाई जारी राख्दै छौँ। वार्तालापको यो दोस्रो भागमा उनले काठमाण्डूस्थित सेन्ट जेभियर्सको आफ्नो स्कूले जीवनका केही पलहरू सम्झिएका छन् भने फेसन डिजाइनर बन्छु भन्दा नेपालमा रहेका नातागोता लगायतकाले उनलाई सुनाएका कुरा अनि भविष्यमा अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने व्यक्तिलाई आफ्नै डिजाइनको ड्रेस लगाइदिने इच्छा खुलाउँदै आफूलाई पनि मन पर्ने डिजाइनरहरू बारे सङ्केत गरेका छन् । यो कुराकानी केही समय अगि सम्पन्न मेलबर्न फेसन वीक २०२६ मा भाग लिन गुरुङ मेलबर्न आएको बेला, एसबीएसको फेडेरेसन स्क्वेरस्थित स्टुडियोमा गरिएको थियो।