Nepali farm near Goulburn offers free mental health retreat for Nepalis in Australia - अस्ट्रेलियामा 'ससुराली': नेपाली स्वादका साथ मानसिक स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै
01 May 2026

Nepali farm near Goulburn offers free mental health retreat for Nepalis in Australia - अस्ट्रेलियामा 'ससुराली': नेपाली स्वादका साथ मानसिक स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
For some visitors, reaching a farm with unpaved roads, cooking over firewood, and limited access to modern facilities feels like stepping into a remote village in Nepal. This very “Nepali lifestyle” experience is being offered free of charge to support Nepalis struggling with mental health issues, says Pralad Ghimire, the operator of a farm located about 20 kilometres west of Goulburn. Ghimire spoke to SBS Nepali about how Sasurali Hamro Farm has become a short holiday destination for Nepalis, while also playing a welfare role in supporting mental well-being within the community. - कच्ची बाटो, दाउरा बालेर खाना पकाउनु र आधुनिक सुविधाहरूबाट अलि टाढै रहेको एक फार्म पुग्दा नेपाल पुगेको जस्तो अनुभव केही पाहुनाहरूको छ। र यही नेपालीपन मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका नेपालीहरूका लागि सहयोग स्वरूप निःशुल्क उपलब्ध गराउँदै आएको बताउँछन् ससुराली हाम्रो फार्मका सञ्चालक प्रह्लाद घिमिरे। न्यु साउथ वेल्सको ग्रामीण सहर गोल्बर्नबाट २० किलोमिटर पश्चिममा रहेको यस फार्ममा परिवारबिना एक्लो महसुस गरेका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुरूप आउन चाहे आफूले निःशुल्क केही दिन बस्ने व्यवस्था मिलाउने गरेको घिमिरेको भनाइ छ। उनले एसबीएस नेपालीसँगको कुराकानीमा नेपालीहरूको छोटो बिदाको समय व्यतीत गर्ने गन्तव्य कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा कल्याणकारी भूमिका निर्वाह गर्दै छ भन्ने बारे बताएका छन्।