Skip to content
Opens in a new window
Aashish Nepal’s 24-hour ordeal in the Nepal floods, told by his brother in Sydney - रसुवाको बाढीमा २४ घण्टा सङ्घर्ष गरेर बचेका आशिष नेपालको कथा अस्ट्रेलियामा रहेका भाइबाट
02 September 2026

Aashish Nepal’s 24-hour ordeal in the Nepal floods, told by his brother in Sydney - रसुवाको बाढीमा २४ घण्टा सङ्घर्ष गरेर बचेका आशिष नेपालको कथा अस्ट्रेलियामा रहेका भाइबाट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Sarthak Nepal, currently in Australia, recounts the ordeal his brother Ashish Nepal endured during the 24 hours before he was rescued from the devastating floods in Rasuwa. - हाल अस्ट्रेलियामा रहेका अर्थोपेडिक सर्जन सार्थक नेपालले रसुवाको बाढीबाट २४ घण्टा पछि उद्धार गरिएका आफ्ना दाइले यस बिचमा भोगेका चुनौतीबारे एसबीएस नेपालीलाई बताएका छन्।

Orthopaedic surgeon Sarthak Nepal was in Australia for work-related training when news of the devastating floods in Nepal raised immediate concerns about his brother, an engineer working at the Upper Trishuli Hydropower Project in Rasuwa. After losing contact with his brother, the family was relieved to receive an SMS confirming he was safe, but only later learned about the 24-hour ordeal he endured during the disaster. Although his brother eventually reached Kathmandu safely, Nepal says the experience has highlighted the pain families endure when separated from loved ones during disasters. He also stresses the need to pay greater attention to the mental health of frontline workers dealing with death, injuries and trauma. Warning: This content may be distressing for some listeners.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.

Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
- रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत दाइ आशिष नेपाल केही समय सम्पर्कविहीन भएपछि परिवारमा बढेको चिन्ता, एसएमएसमार्फत सुरक्षित रहेको खबर र त्यसपछि मात्र थाहा भएको २४ घण्टाको सङ्घर्षबारे सार्थक नेपालले एसबीएस नेपालीसँग अनुभव सुनाएका छन्। दाइ काठमाडौँसम्म सुरक्षित आइपुगे पनि विपद्मा ज्यान गुमाउने र अझै सम्पर्कविहीन रहेकाहरूको पीडा आफूले बुझेको नेपाल बताउँछन्। साथै विदेशमा रहेका नेपालीले परिवारका सदस्य विपद्मा पर्दा भोग्ने मानसिक तनाव र फ्रन्टलाइनमा खटिनेहरूको मानसिक स्वास्थ्यमा पनि ध्यान दिइनुपर्ने उनको भनाइ छ।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।